अन्तरजातीय प्रेममा आधारित कबड्डी कबड्डी कबड्डी बन्‍ने

काठमाडौं-स्वजातीय बिवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको  कथामा चलचित्र कबड्डी कबड्डी कबड्डी निर्माण हुने भएको छ।

कबड्डीको तेस्रो सियुवाल कबड्डी कबड्डी कबड्डी हो। बासुरी फिल्मस् निर्माण र सिने आर्टको प्रस्तुतिमा चलचित्र कबड्डी कबड्डी कबड्डी बन्‍ने भएको हो।

यस चलचित्रलाई रामबाबु गुरुडले निर्देशन गर्ने छन् भने चलचित्रको लेखन रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको रहेको छ।

चलचित्रमा दयाहाड राई,रिश्मा गुरुड,उपसना सिंह ठकुरी,माओत्से गुरुड,पुष्कर गुरुङ,कर्मा शाक्य,विल्सन बिक्रम राई,अरुणा कार्की,बुद्धि तामाङ लगायतका कालाकारहरु रहेका छन्।

चलचित्रमा पार्श्‍व संगीत रोहित शाक्य र ध्वनी संयोजनमा उत्तम न्यौपाने तथा एक्टीड. कोचमा अनुप बराल छन्।

यस चलचित्रका निर्मातामा मणीराम पोखरेल,अर्जुन कार्की र ओम चन्द रौनियार छन्।

यस चलचित्रको छायाकारमा शैलेन्द्र डि कार्की छन् भने सम्पादन निमेश श्रेष्ठले गर्ने छन्। चलचित्रको सुटिड जेठ ५ गतेबाट सुरु हुने बताइएको छ।

बैशाख ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू