हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीका कारण मौसममा प्रभाव परेको हो ।

केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै केही स्थानमा अपराहन्न तिर हावाहुरी चल्न सक्नेछ । उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पनि जनाइएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहान घाम लागे पनि दिउँसो आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाइएको छ । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदको भनाई छ ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू