शितल योङहाङको हत्यामा उनकै प्रेमीको संलग्नता

फाइल तस्बिर

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिकाकी १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचथर फाल्गुनन्द गाउँपालिका–२ का भगिरथ बाँस्तोलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।

बाँस्तोलाले प्रारम्भिक बयानमा आफू र सोही स्थान बस्ने मृतकका प्रेमी पदम तामाङ मिलेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

बाँस्तोला पक्राउ परे पनि अर्का आरोपित तामाङ भने अझै फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको बताइएको छ ।

किशोरी शितल योङहाङको आइतबार राति वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्