रोनाल्डो छन् इब्राहिमोविच जस्तै !

इटालियन क्लब युभेन्टसका प्रशिक्षक म्याक्स एलेग्रीले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । रोनाल्डो मानसिकताका हिसाबले जहिले उत्कृष्ट खेलाडी रहेको उनको भनाई छ ।
बढ्दो उमेरमा पनि रोनाल्डो आफूलाई जहिले फिट राख्ने प्रयासमा रहने गरेको प्रशिक्षक म्याक्सले बताएका छन् । उनी हरेक दिन अघिल्लो दिन भन्दा उत्कृष्ट हुने ध्याउन्नमा हुने प्रशिक्षक म्याक्सको भनाई छ ।
फुटबलमा सम्भावनाको खोजी गरिरहेका र अहिले सक्रिय रहेका उनी भन्दा कम उमेरका खेलाडीले उनलाई हेरेर सिक्नु पर्ने प्रशिक्षक म्याक्सको भनाई छ ।
रोनाल्डोले आफूलाई जाल्टन इब्राहिमोविचको सम्झना दिलाउने गरेको म्याक्सले बताए । जितलाई रमाइलो उत्सवका रुपमा परिणत गर्ने बानी दुवैमा रहेको उनले इटालीको स्थानीय पत्रिकालाई बताएका हुन् ।