बलात्कार अभियोगमा शंखरापुरबाट एक पक्राउ

सांकेतिक तस्बिर ।

काठमाडौँ – बलात्कार अभियोगमा प्रहरीले शंखरापुर नपरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

शंखरापुर-१ नाङ्लेभारेमा शनिबार बेलुका १६ वर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा ३१ वर्षे गुन्जाबहादुर तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाव साँखुकी प्रमुख इन्सपेक्टर लक्ष्मी पाण्डेले जानकारी दिइन ।

आइतबार पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

पीडित परिवारले साँझ घर फर्किने क्रममा मकैबारीमा लगेर गुन्जाबहादुरले जबरजस्ती गरेको जानकारी प्रहरीलाई दिएका थिए । लगत्तै शनिबार राति नै किशोरीलाई उद्धार गरी उपचारका लागि प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली पुर्याइएको थियो ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्