फोटो फिचर

‘सिम्पल’ उपासना

काठमाडौँ – चलचित्र ‘क्याप्टेन’ बाट चलचित्रमा डेब्यु गरेकी नायिका उपासना सिंह ठकुरी अब कबड्डीको तेस्रो संस्करण ‘कबड्डी कबड्डी कबड्डी’ देखिने भएकी छन् ।

पहिलो चलचित्रमा अनमोल केसीसँग देखिएकी उपासना अब दयाहाङ राई तथा कर्मा शाक्यसँग पर्दामा देखिने भएकी हुन् । ‘कबड्डी कबड्डी कबड्डी’ रामबाबु गुरुङले निर्देशन गर्ने छन् । नेपाली चलचित्र क्षेत्रमा रामबाबुलाई राम्रो निर्देशनको रुपमा लिने गरिन्छ ।

नायिका उपासनाले राम्रो टिमसहितको चलचित्रमा काम गर्न पाएकोमा उत्साहित रहेको बताइन् । चलचित्रको घोषणा सोमबार भएको हो । उनी चलचित्र घोषणा कार्यक्रममा साधारण पहिरनमा देखिएकी थिइन् ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्