रगतले लतपतिएको थियो वाटसनको खुट्टा, चेन्नाईको जितका लागि लडिरहे

आईपीएलको सिजन १२ सकिएको छ । फाइनलमा मुम्बईले चेन्नाईलाई एक रनले पराजित गरेर उपाधि जित्यो । तर यो रोमाञ्चक खेलको एक यस्तो कहानी बाहिर आएको छ जसलाई सुनेर हरेक क्रिकेट प्रेमीले गर्व गर्नेछ ।

चेन्नाईका ब्याट्सम्यान शेन वाटसनले फाइनलमा ८० रनको बेजोड पारी खेलेपनि आफ्नो टीमलाई जिताउन सकेनन् ।

वाटसनका साथी क्रिकेटर हरभजन सिंहले खुलासा गरेका छन् कि वाटसनको खुट्टामा चोट लागेको थियो र लगातार रगत बगिरहेको थियो । तर पनि उनी ब्याटिङ् गरिरहेका थिए ।

टीमका स्पिनर हरभजन सिंहले आफ्नो इन्स्ट्राग्राममा लेखेका छन कि वाटसनको खुट्टामा गहिरो चोट थियो। लगातार रगत बगिरहेको थियो ।
सिंहले भनेका छन् ‘तर, वाटसनले यो कुरा टीमका कसैलाई भनेनन् ब्याटिङ् गरिरहे । वाटसन आउट भएर पेवेलियन फर्केपछि मात्रै चेन्नाईको टीमलाई यो कुराको जानकारी भएको थियो ।’

हरभजनका अनुसार वाटसनको खुट्टामा म्याच सकिएपछि ६ वटा टाका लगाइएको थियो ।
वाटसन चेन्नाईका लागि ओपनिंग गर्न आएका थिए र अन्तिम ओभरमा आउट भए । उनले ५९ बलको सामना गरेर ८० रन बनाएका थिए ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्