जन्ती बाेकेकाे ट्रयाक्टर पल्टिँदा १२ जना घाइते

वीरगञ्ज– पर्सामा जन्ती बोकेको ट्रयाक्टर पल्टिँदा १२ जना घाइते भएका छन्।
वीरगञ्ज महानगरपालिका– १६ सिंग्याहि पुल नजिकै जन्ती बोकेको ना ७ त ६२९ नम्बरको ट्रयाक्टर सोमबार राति पल्टिँदा १२ जना घाइते भएका हुन्।
जन्ती बाेकेर बाराको विश्रामपुर गाउँपालिका–१ छतवाबाट पर्साकाे विन्दवासिनी गाउँपालिका–१ गर्दौल जाँदै गरेको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको थियो।
दुर्घटनामा परि घाइते भएका १२ जना मध्ये १० जनालाई वीरगञ्जको नेशलनल मेडिकल कलेजमा उपचार गराई घर फर्काइएको र दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै सोमबार राती वीरगञ्ज उपमहानगरपालिका– २५ मा मोटरसाईकलले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जना घाइते भएका छन्।
ना ४६ प ८५१७ नम्बरकाे मोटरसाईकलले साइकल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक बिश्रामपुर गाउँपालिका छतवाका २५ वर्षिय अनिल मुखिया र साइकल यात्री वीरगञ्ज महानगरपालिका–२५ मौजे सिर्सियाका ५० वर्षिय विन्देश्वारी महतो घाइते भएका हुन्।
घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।