जेष्ठ १ गतेदेखि नेपाल-भारत लगानी एक्स्पो हुने

काठमाडौंमा-‘नेपाल-भारत लगानी एक्स्पो’ आयोजना हुने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रन्चाईँज कम्पनीको संयुक्त आयोजनामा जेष्ठ १ गते बुधबारबाट सो एक्स्पो सूरु हुने भएको हो।

नेपालमा वैदेशिक लगानी भित्रयाउने मुख्य उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिए।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो दिन बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पनि जनाएको छ।

काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा २ दिनसम्म सो एक्स्पो आयोजना हुनेछ।

एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिने छन्।

एक्स्पोमा नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्