कुपण्डोलमा अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन सुरु

काठमाडौं–ललितपुर कुपण्डोलस्थित अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन सुरु भएको छ।

बुधबारसम्म चल्ने सो सम्मेलनमा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विकासको मोडेल समाजवादमा जाने कि पूँजीवाद मोडेलमा जाने अन्यौल भएको बताए। उनले भने ‘नाफा कमाउन गरिने विकास मोडेलले कता लगेको छ, वैकल्पिक र समाजवादको बाटो र सन्तुलित बाटो खोजी गर्नुपर्छ। यसले विकासलाई सहि दिशामा लैजान्छ।’

पीपीपीलाई तीन खम्बे नीति ल्याएको यसले पनि लगानी गर्न प्रोत्साहन गरेको अध्क्षय दाहालले बताए। त्यस्तै भूमिसुधार तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले प्रत्येक घरमा ‘एक घरधुरी एक सहकारी सदस्य’ अभियान सञ्चालन गर्ने बताइन्।

उनले सहकारीलाई नै माध्यम बनाएर सामुहिक खेतीका रुपमा काम गर्नु पर्ने बताइन्।उनले भनिन् ‘यसका लागि महिला तथा युवावर्गहरुलाई लक्षित गरी प्राङ्गारिक कृषिमा सिप मूलक तालिम दिन जरुरी छ।’

‘समृद्ध नेपाल सुखी नेपाली अभियान चालेका छौँ तर दिनप्रतिदिन उत्पादनमा ह्रास आइरहेको छ। वर्षेनी हामी कृषिजन्य वस्तुहरु आयात गरिरहेका छौं, उनले भनिन्’।

स्वास्थ वातावरण, स्वास्थ खानेकुरा लाई मूल मन्त्र बनाएर प्राङ्गारिक कृषिमा जोड दिन उनले आग्रह पनि गरिन्।

त्यसैगरी कृषि मन्त्री युवराज धोजले कृषकहरुले रासायनिक मल भएन भनेर उत्पादन गर्ने तर प्राङ्गारिक मल भएन भनेर कहिले आन्दोलन नगरेको बताए। ३ देखि ४ लाख मेट्रिक टन रासायनिक मल अपुग हुन्छ तर अपुगको साटो प्राङ्गारिक मल उत्पादन गर्नमा जोड दिन कृषि मन्त्री धोजले आग्रह गरे।

उनले भने ‘१५ करोड प्राङ्गारिक मलका लागि छुट्याउने र १० करोड रासायनिक मलका लागि तर सरकारले यो बजेट छ्ट्याउन सक्दैन। जसले गर्दा मलको अभाव हुन्छ।’

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्