स्याङ्गजाको झलुङ्गेमा कामना सेवा विकासको ८४औं शाखा

काठमाडौं-कामना सेवा विकास बैंक लिमिटेडले ८४ औं शाखा विस्तार गरेको छ।

आफ्नो सेवा विस्तारको क्रममा स्याङ्गजा जिल्लाको वालिङनगरपालिका वडा न . १३ स्थित झलुङ्गेमा ८४औं शाखा विस्तार गरेको हो।

कार्यालय स्थापना गरेको दिन देखि नै कारोबार शुभारम्भ गरेको छ।

बैंकका संचालक बलराम बराल तथा गण्डकी प्रदेशका बैंक प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन्।

।उक्त कार्यक्रममा बरालले बैंकको संक्षिप्त जानकारी गराउदै व्यापार प्रर्वद्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको र बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा पनि जानकारी दिए।

काठमाडौं ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्‍न भागहरुमा यो शाखा सँगै ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको बैकले जनाएको छ।

बैंकले एबीबीएस, इन्टरनेट ब्याङकिङ र मोबाइल ब्याङकिङ सेवा, सी-एएसबीए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्