इटहरीमा अग्‍नि ग्रुपको स्पेयरपार्ट विक्री कक्ष स्थापना

काठमाडौं-अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि नयाँ सर्भिस सेन्टर विस्तार गरेको छ।

नयाँ शाखाको विक्री कक्षबाट महिन्द्राका स्पेयर पार्ट्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ।

साथी पेट्रोल पम्पसँगै रहेको यस विक्री कक्षको उद्घाटन स्पेयर पार्ट प्रमुख युगल सिंह, डिलर नेटवर्कका प्रमुख अमित कुमार चौधरीले संयुक्त रुपमा गरेका हुन्।

कम्पनीले जेठ महिनाभरी स्पेयर पार्टहरुमा १२ प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेको छ।

यो स्पेयर पार्ट विक्री कक्ष वैशाख ३० गतेदेखि सञ्चालनमा आएको हो। कम्पनी केवल सवारी विक्री गर्न तर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कम्पनीको खाबी छ।

यसका साथै सर्विस चाहिएका वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको छ।

नयाँ स्पेयर पार्ट विक्री कक्षसँगै कम्पनी र ग्राहकबीचको सम्बन्ध अझ बलियो बन्ने विश्वास कम्पनीले लिएको छ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्