काठमाडौँको ढुंगेधारामा प्रभु बैंकको शाखा

काठमाडौँ-काठमाडौँको ढुंगेधारामा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ।

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले गरेका हुन्।

उद्घाटन कार्यक्रममा श्रेष्ठले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै प्रभु बैंकले ढुंगेधारा बासीहरुलाई घर आँगनबाट सेवा दिन थालेकोमा बैंकको प्रशंसा गरे।

प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा भएको कार्यालय उद्घाटनमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लगायत उपस्थित थिए।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्