बिहे गरेको एक हप्तामै दुर्घटनामा गुम्यो ज्यान

वीरगञ्ज– बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर–१ हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका २० वर्षिय कृष्णनन्दन गुप्ताको मृत्यु भएको हो। उनको एक हप्ता अघि गएको वैशाख २४ गते विवाह भएको थियो।

मकै बोकेर गइरहेको ना ४ ख २८१२ नम्बरको ट्रकले ‘अन टेस्ट’ मोटरसाइकललाई ठक्कर दिँदा गुप्ताको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रकलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लिएका छन् भने ट्रक चालक फरार छन्।

मृतक गुप्ताको शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको छ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्