यौन सम्पर्क छ दिनमा छ पटक: अलिबाबा

अलि बाबाका संस्थापक ज्याक मा।

अलिबाबाका संस्थापक ज्याक माले छ दिनमा छ पटक यौनसम्पर्क राख्न आफ्ना कर्मचारीहरुलाई सुझाएका छन्।

हप्ताको छ दिन बिहान ९ देखि राति ९ बजेसम्म काम गर्न सुझाएर यसअघि नै विवादमा आइसकेका अलिबाबा संस्थापक ज्याक माले यस्तो नयाँ सुझाव ल्याएका हुन्।

चीनका यी सबैभन्दा धनी व्यक्तिले आफ्ना कर्मचारीहरुको सामूहिक विवाहोत्सवमा काममा ९९६ र जीवनमा ६६९ को दर्शन अवलम्बन गर्न आग्रह गरेका हुन्।

हप्ताको ६ दिन ९ बजे बिहानदेखि ९ बजे रातिसम्म काम गरेपछि कोसँग चाहिँ हप्ताको छ दिन छ पटक यौनसम्पर्क राख्न बल हुन्छ?’ एक कर्मचारीले आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा उनका यी दुवै सूत्रहरुको व्यापक आलोचना भइरहेको छ। ६६९ सम्बन्धी कोट अलिबाबाको आधिकारिक पृष्ठ बेइबोमा आँखा झिम्क्याएको इमोजीसहित पोस्ट गरिएको आइएनएसले उल्लेख गरेको छ।

बैशाख ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्