‘आतंककारी’ जस्तै ठानिएको टर्कीको एक फुटबल क्लब

टर्कीको एक फुटबल क्लबलाई आतंककारी जस्तै व्यहार गर्ने गरिएको छ । टर्कीको तेस्रो डिभिजनमा खेल्ने क्लब अमेदस्पोरलाई स्थानीय अधिकारीकार र अरु पक्षका समर्थकले आतंककारी जस्तो व्यहार गर्ने गरेका हुन् ।

किनकी यो क्लब कुर्दिस क्षेत्रको हो र यसमा अधिकांश खेलाडी कुर्दिस नै छन् भने समर्थक पनि सोही समुदायका छन् । कुर्दिस बाहुल्य टर्कीको दक्षिण पूर्वी शहर डियार्बाकिरको क्लब हो अमेदस्पोर । यो शहर सिरियाको सीमाबाट १२० किलोमिटर पर पर्छ र १० लाखको हाराहारीमा जनसंख्या छ ।

क्लबका समर्थक र क्लबले रंगभेदको समामना गर्नु परेको समर्थकहरुको अनुभव छ । सन् १९९० मा स्थापना भएको क्लबको नाममा ‘अमेद’ थपिएको हो । कुर्दिस नाम राखिनु नै क्लब र क्लबका समर्थकले पछिल्ला वर्षमा सामना गर्नु परेको आलोचना र विभेदको कारण हो ।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्