मेस्सी आफ्नो टिममा चाहन्छन् यी खेलाडी

स्पेनिस च्याम्पियन बार्सिलोनाका कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सीले आउँदो सिजन थप बलियो रुपमा प्रस्तुत हुनका लागि केही स्टार खेलाडी अनुबन्ध गर्न क्लबलाई सल्लाह दिएका छन् ।

बार्सिलोनाको प्रयासका बाबजुद गएको गएको सिजन प्रस्ताव अस्वीकार गरेका एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानले सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेकै पेरिफेरिमा मेस्सीको सुझाव आएको हो ।

मेस्सीले ग्रिजम्यानलाई क्लब भित्र्याउन क्लब व्यवस्थापनलाई भनेको खबर आएका छन् । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा ३–० को अग्रता लिएर पनि दोस्रो लेगमा लिभरपुलसँग ४–० ले पराजित भएर बाहिरिएपछि बार्सिलोना क्लबलाई आउँदो सिजन थप बलियो बनाउने ध्याउन्नमा छ ।

यस्तै मेस्सी आफ्नो टिममा बार्यन म्युनिखका जोशुए किमिच तथा डच क्लब अजाक्सका कप्तान म्याटहिज्स डी लाग्टसहितका खेलाडी चाहन्छन् । यस्तै म्यानचेस्टर युनाइटेडका आन माटालाई क्लब भित्र्याउनका लागि पनि उनले सहमति जनाएको बताइन्छ ।

बार्सिलोनाले फिलिप कोन्टिन्हो, इभान रेकिटिक तथा सामुएल उमटिटीसहितका खेलाडीलाई बेच्ने योजना पनि बनाएको स्रोतलाई उद्धृत गर्दै स्पेनिस पत्रिकाहरुले जनाएका छन् ।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्