सुनको मूल्य घट्यो, तोलाको ६० हजार ६ सयमा कारोबार

सांकेतिक तस्बिर

काठमाडौँ –सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य तोलामा ६१ हजार रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ६० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्