पर्सामा २ दिनमा ६ जनाद्वारा विष सेवन

सांकेतिक तस्बिर

पर्सामा दुई दिनमा ६ जनाले विष सेवन गरेका छन् । सोमबार चारजनाले विष सेवन गरेकोमा मंगलबार दुई जनाले विष सेवन गरेको घटना बाहिर आएको छ ।

मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिकाका एक जना र पोखरिया नगरपालिकामा एकजना गरी दुईजनाले विष सेवन गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्क बस्ने ४० वर्षीय रामकुमार गुप्ता र पोखरिया नगरपालिका वडा नम्बर १ बसन्तपुर बस्ने २१ बर्षीय कृष्ण महतोले नाम नखुलेको विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू