आफ्नै कीर्तिमान भंग गर्दै २३ औँ पटक सगरमाथा शिखरमा कामिरिता शेर्पा

काठमाडौँ – आफ्नै पूर्व कीर्तिमान तोड्दै कामिरिता शेर्पा सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर सगमाथाको सफल आरोहण गर्ने व्यक्ति बनेका छन् ।

यसअघि २२ पटक सगरमाथाको आरोहण गरेर सबैभन्दा धेरैपटक सर्वोच्च शिखरको चुचुरोमा पुग्ने कीर्तिमान बनाएका उनले बुधबार बिहान २३ औँ पटक आरोहण गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

४९ वर्षका शेर्पाले बुधबार बिहान सात बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा २३ औँ पटक पाइला टेकेको पर्यटन विभागले जनाएको छ । शेर्पाले २५ वर्षको अवधिमा २३ पटक सर्वोच्च शिखरमा पाइला टेकेका हुन् ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका उनले २५ पटकसम्म आरोहण गर्ने लक्ष्य रहेको बताउँदै आएका छन् ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्