राजनारायण पाठक विशेष अदालतमा हाजिर, बयान चल्दै

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालीन प्रमुख आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । अहिले उनको बयान भइरहेको छ । बुधबार नै थुनछेक बहस हुनेछ । पाठक धरौटीमा रिहा हुने सम्भावना छ ।

अख्तियार दुरुपयोग अुनसन्धान आयोगले पूर्व आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन ७८ लाख घुस लिएको आरोप लागेपछि आयोगले पाठकमाथि छानबिन गरेको थियो ।

पाठकले घुस लिएको अडियो–भिडियो सार्वजनिक भएपछि गएको फागुन ३ गते पदबाट राजीनामा दिने वित्तिकै आयोगले पाठकमाथि अनुसन्धान थालेको थियो ।

अख्तियारमा बयान दिँदै पाठकले आफूले घुस लिएको स्वीकार गरेका थिए ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू