मिडियामा भाइरस पसेकोले उपचार गर्न विधेयकः मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेल

दाङ – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकबारे बारे सरकार र सञ्चार माध्यम बिचको समन्वयमा टुंगोमा पुग्नुपर्ने बताएका छन् ।

रेडियो मध्यपश्चिम दाङको १३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मिडियालाई बलियो र सक्षम बनाउने जिम्मेवारी राज्यको भएको बताए ।

विज्ञापन

उनले मिडियामा भाइरस पसेका कारण त्यसको उपचारको लागि मिडिया काउन्सिल विधेयक ल्याइएको दाबी गरे ।

‘मिडियालाइ सक्षम बलियो बनाउने राज्यको भूमिका हो । मिडियामा भाइरस पस्यो भने त्यसले मिडियालाई असर गर्छ’, उनले भने,‘मिडियामा भाइरस पस्यो भने त्यसको उपचार खोज्ने कि नखोज्ने, त्यो भाइरसले मिडियालाई पनि असर गर्छ ।’

उनले राज्य मिडियासँग टक्कर गरेर अघि नबढ्ने बताए । स्वतन्त्र मिडिया बिना लोकन्त्र बलियो हुन नसक्ने उनको भनाई थियो ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्