दारी ग्याङले जात्रै जात्राको च्यारिटी शो गर्दै

काठमाडौँ – मनोरोगी महिलाको सहयोगार्थ धनगढीमा चलचित्र जात्रै जात्राको च्यारिटी शो हुने भएको छ।

दारी ग्याङ धनगढीले जेठ ३ गते जोशी टाकिजमा च्यारिटी शो गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

च्यारिटी शो बाट उठेको ५० प्रतिशत रकम मनोरोगी महिलाको पालनपोषणका लागि दृष्टि फाउण्डेशनलाई प्रदान गरिने दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए ।

खर्च कटाएर बचेको बाँकी रकम पनि सामाजिक कार्यमा खर्च गरिने उनको भनाई छ ।

च्यारिटी शोका लागि टिकटदर एक सय, एक सय ५०, र दुई सय रुपैयाँ राखिएको छ ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्