मनाङ र मिनर्भा भिड्दै, भारतीय क्लब अगाडि

काठमाडौं-एएफसी कप फुटबलअन्तर्गत पहिलो चरणको खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब अहिले भारतको मिनर्भासँग खेलिरहेको छ।

मिनर्भाविरुद्धको होम खेलमा मनाङ भिडिरहेको हो। पहिलो हाफको समाप्तीमा मिनर्भा १-० गोलले अगाडि छ। मिनर्भाले ३९ औँ मिनेटमा अग्रता लिएको हो।

समूह ‘इ’मा रहेको मनाङ तीन खेलबाट एक अंक जोडेर चौथो तथा अन्तिम स्थानमा छ। मिनर्भाको मैदानमा भएको खेलमा मनाङले २-२ गोलको बराबरी खेले‍को थियो। समूहमा भारतकै चेन्नईन तीन खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा छ। बंगलादेशको अबहानी लिमिटेड तीन खेलबाट चार अंक जोड्दै दोस्रोमा छ।

मिनर्भाको तीन खेलबाट तीन अंक छ। समूहको विजेता मात्र अगाडि बढ्ने भएकाले दुवै टोलीलाई यो खेल गर् या मरजस्तै छ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्