ककपिटमा निदाउने भारतीय पाइलट निलम्बित

काठमाडौँ- नेपाल एयरलाइन्सको जहाजको ककपिटमै निदाएको अवस्थामा भेटिएका नागराज शंकरमूर्ति निलम्बनमा परेका छन्।

केही दिनअघि उनी एयरबस ३२० न्यारोबडीको जहाजमा निदाएको अवस्थामा भेटिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उनलाई बुधबार नेपाल एयरलाइन्सले निलम्बन गरेको हो।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्