नेकपा एकता

तल्लो तहको एकताबारे शीर्ष नेताहरुको फरक-फरक मत 

काठमाडौँ – पार्टीको तल्लो तहको एकताको बाँकी कामलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले फरफरक मत राखेका छन्।

पूर्व एमालेको भातृ संगठन युवा संघ नेपालको स्थापना दिवसका अवसरमा बुधबार राष्ट्रियसभा गृहमा आयोजित एक विशेष कार्यक्रममा महासचिव विष्णु पौडेल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य इश्वर पोखरेलले फरकफरक धारणा राखेका  हुन् ।

त्यसबाट त्यहाँ उपस्थित युवा संघ नेपाल र पूर्व माओवादीको भातृसंगठन वाइसियल नेपालका कार्यकर्ताहरु अन्यौलमा परेको बताएका थिए।

कार्यक्रमको सुरुवाती चरणमा यी दुवै भातृ संगठनका अध्यक्ष, उपाध्यक्ष तथा महासचिवहरुले लामो समय आफुहरुको संगठन विघटित अवस्थामा रहेको र एकताका लागि नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिएका थिए। उनीहरुले वर्तमान सरकारले भ्रष्टचार, अनियमिता र कालोबजारी नियन्त्रण गर्न नसकेको गुनासो व्यक्त गरेका थिए।

त्यसपछि संवोधन गरेका पार्टी सचिवालय सदस्य एवं रक्षामन्त्री इश्वर पोखरेले पार्टीको वर्तमान अवस्थाबारे गुमाउरो हिसावमा असन्तुष्टी पोख्दै आगामी जेठ तीन गते नेकपा स्थापनाका दिवसका दिन अध्यक्षको मुखबाट युवा सघ नेपाल र वाईसियलको एकता घोषणा भएको सुन्न चाहेको बताए ।

त्यसका क्रममा उनले पार्टीका एक अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली विदेस भ्रमणमा रहेपछि एक्लै उपस्थित अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत बरिष्ठ नेताहरुतर्फ लक्षित गर्दै उनले सँधैभरी विचारमा मत विभाजित भएमा कम्युनिस्ट पार्टी तासको घर जस्तै ढल्ने चेतावनी दिएका थिए ।

उनको अभिव्यक्तिले एकता भएको एक वर्ष वितिसक्दा पनि नेकपामा विचारमा एक मत नभएको स्पष्ट संकेत दिएको थियो।

उनले पार्टीको तल्लो तहको एकता छिटोभन्दा छिटो सकिनु पर्ने आशयको अभिव्यक्ति दिएका उनले स्पष्ट राजनीतिक कार्यदिशाका लागि पाटीभित्र सार्थक बहस र छलफल हुनुपर्ने बताए। उनले कमिटी प्रणालीमा काम नगरे नेकपालाई नोक्सान हुने चेतावनी दिए।

तर महासचिव विष्णु पौडेलले भने वर्तमान सरकारले हरेक क्षेत्रमा विकासको काम अघि बढाएको र पार्टीलाई चुस्त बनाउन पनि पहल गरेको बताए ।

उनले बाँकी रहेको पार्टीको तल्लो तहको एकता घोषणा आगामी जेठ तीन गते नेकपाको एकताको दिन घोषणा हुनेमा आफु विश्वस्त रहेको र त्यसलाई लिएर कोही पनि विचल्लित नहुन आग्रह गरे।

उनले भने– एकताका धेरै महत्वपूर्ण काम सकिएका छन्। त्यसमा हामीले गर्व गर्नु पर्छ। अव बाँकी कामका लागि पनि गुनासो आउने छैन। त्यो काम केही घण्टाभित्र टुंगिन्छ। जेठ ३ गते विहान एकता प्रक्रियामा बाँकी रहेका विषय टुंगिएको घोषणा हुने विश्वास छ।’

पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनालले भने तीन गते नभई जेठ महिनाभरीमा एकता टुंगियो भने पनि खुसी नै मान्नु पर्ने भन्दै त्यसअघिका वक्ताहरुलाई व्यंग्य गरेका थिए।

पार्टीको एकता प्रक्रियामा कहिले सार्वजनिक त कहिले आन्तरिकरुपमा असन्तुष्टी जनाउँदै आएका वरिष्ठ नेता माधव कुमारले भने सैद्धान्तिक भाषणमा समय खर्च गरेका थिए।

 

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्