प्रदेश-१ सरकारले तीन विधेयक ल्‍याउँदैछ -सचिव अधिकारी

प्रदेश-१को सचिवको जिम्मेवारी सम्हालेपछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा सरकारको नयाँ विधेयकबारेमा जानकारी दिँदै प्रदेश सचिव सुरेश अधिकारी। तस्बिर- अभयकुमार राई/ देश सञ्‍चार

मोरङ-प्रदेश-१ सरकारले आगामी बजेट अधिवेशनमा तीन वटा विधेयक ल्याउने तयारी गरेको छ।

प्रदेश-१को सचिवको जिम्मेवारी सम्हाल्ने क्रममा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती विधेयक, र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने जानकारी दिए।

हाल प्रदेशमा आठ सय कर्मचारीको दरबन्दी कमी रहेको भन्‍दै उनले प्रदेश सचिव अधिकारीले प्रदेशमा एक हजार चार सय कर्मचारी कार्यरत रहेको स्पस्ट पारे। उनले भने, “प्रदेशमा दुइहजार चारसय कर्मचारी दरबन्दी रहेको छ, अझै ८ सयको संख्यामा कर्मचारी अपुग रहेको छ। त्यसैका लागि प्रदेश लोकसेवा आयोग विधेयकलाई पूर्णता दिने तयारीमा छौ।’

सो क्रममा प्रदेश सचिव अधिकारीले प्रदेशमा सञ्‍चालित ठूला विकास निर्माणका आयोजनाहरु सडक, सिँचाई र खानेपानी लगायतका निर्माणको अनुगमन, समन्वय कायम गर्ने गरी आर्थिक अनुशासनसँगै साथै बेरुजु नियन्त्रण गर्नु पर्ने चुनौती रहेको बताए।

सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले यस वर्ष पूजीगत खर्च २० प्रतिशत मात्र हुनुमा कर्मचारीको कमी, सङघीय कार्यालय हस्तान्तरणमा समय ढिलो हुनु लगायतका कारण रहेको स्पष्ट पारे।

आउँदो वर्षको बजेट साउन महिनामा वोलपत्रको आह्‍वान गरी विकास निर्माण लगायत अन्य क्षेत्रमा ८० प्रतिशत पूजीगत खर्च कार्यान्वयन गर्ने जानकारी दिदै प्रदेश सचिव अधिकारीले चैत वैशाखसम्ममा खर्च गर्ने कार्यलाई निरुत्साहित गरिने दाबी गरे।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्