कारागार सुरक्षामा खटिएका प्रहरीको पेस्तोल गायब !

फाइल तस्बिर।

विर्तामोड- जिल्ला कारागार झापाको सुरक्षामा खटिएका प्रहरीको गोलीसहितको पेस्तोल हराएको छ।

इटलियन पेस्तोलसहित त्यसमा लाग्ने १४ राउण्ड गोली हराएको बताइएको छ।

प्रहरी नायव निरीक्षक नरेश आचार्य विदामा रहेका बेला उक्त पेस्तोल हराएको हो। हतियारसहित गोली नभेटिएपछि उक्त विषयमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले बताए।

उनले भने, ‘हातियार कसैले जबरजस्ती लगेको होइन। हामीले त्यस विषयमा आन्तरिक छानविन गरिरहेका छौं।’ तर उनले हतियार कहिले हराएको भन्नेबारे खुलाएनन्।

हतियार हराएपछि जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनेको छ।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्