विवाहको तयारीमा रहेकी युवती मृत भेटिइन् !

बुटवल-रुपन्देहीको गैडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी छन्।

गैडहवा गाउँपालिका वडानम्बर १ साँडीकाकी १९ वर्षीया सवनाम निशा मृत फेला परेकी हुन्। बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन्।

बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको थियो। स्थानीयले उनको हत्या भएको हुनसक्ने आंशका गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एसपी हृदय थापाले मुख सुनिएको अवस्था भेटिएको बताए।

‘घटना केही शंस्कास्पद छ, मुख निकै फुलिएको छ, हामीले गम्भिर रुपमा अुनसन्धान गरेका छौ’ एसपी थापाले बताए।

निशाको घर परिवारले बिहे गर्नेबारे केटापक्षसँग कुरा भइरहेको जनाएको छ।

मृतकको पोष्टमार्टमका लागि काठमाडौं टिचिङ्ग अस्पताल पठाएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको जनाएको छ।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्