दोहोरो नागरिकता लिने भारतीय नागरिक पक्राउ

मोरङ-बिराटनगरमा नेपालको सवारी चालक अनुमति पत्र र भारतको आधार कार्ड एकै व्‍यक्तिको भएको फेला परेको छ।

मंगलबार राति विराटनगरको खारजी चौकमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३६ वर्षीय विमलेश साहको साथबाट उक्त कार्ड फेला पारेको हो।

साहको साथबाट नागरिकता बरामद गरेकाले पक्राउ गरेर अनुसन्धानको लागि पठायएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति चेकजाँचका क्रममा पक्राउ परेका साह को.२६.प ३१६७ नम्बरको मोटरसाइकलमा सवार थिए। सवारी साधन र त्यसका कागजपत्र चेकजाँच गर्ने क्रममा उनीसँग ०२–५०४१९९ नम्बरको सवारी चालक अनुमति पत्र र २४१६५७५०१५०५ नम्बरको भारतीय आधार कार्ड फेला परेको श्रेष्ठले बताए।

“पक्राउ परेका ब्यक्तिको साथबाट सवारी चालक र भारतीय आधार कार्ड दुवैमा नाम भने एउटै रहेको छ।” उनले भने।सवारी चालक अनुमति पत्र र भारतीय आधार कार्ड फेला परेपछि दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा साहलाई पक्राउ गरेर बुधबार मुद्दा चलाउन म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका साह विरुद्ध दोहोरो नागरिकता किर्ते गरेको कसुरमा नागरिकता ऐन २०६३ बमोजिम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू