गल्फ च्याम्पियनसिप (तस्बिरहरु)

काठमाडौँ —  सर्वाधिक नगद पुरस्कार रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा चलिरहेको छ ।

प्रतियोगितामा विभिन्न ठाउँका खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् । बुधवारको खेलमा भुवन नगरकोटी, धनबहादुर थापा,रमेश अधिकारी,सुभाष घिसिड,जयराम श्रेष्ठ, शुक्रबहादुर राई लगायतका खेलाडीहरुले भाग लिएका छन् ।

सूर्य नेपाल गल्फ टुर २०१८/१९ सिजनको अन्तिम प्रतियोगितामा प्रोफेसनल गल्फरले १२ लाख ६० हजार नगद पुरस्कारको दाबेदारी प्रस्तुत गर्नेछन् ।

विजेताले २ लाख ३० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १ लाख ४० हजार र ९५ हजार हात पार्नेछन् ।

सबै तस्बिरहरु: बर्षा शाह/देश सञ्चार

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्