संघीयता अनुकूल हुने गरी बजेट ल्‍याउन अर्थविद्हरुको सुझाव

काठमाडौं-अर्थविद्हरुले संघीयता अनुकूल हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्।

अर्थविद् एवम् नेपाल सरकारका पूर्व मुख्यसचिव डा. विमल कोइरालाले संघीयता अनुकूल हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन।

बुधबार काठमाडौंमा आयोजित बजेट विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तरमा सुधार हुने गरी बजेट ल्याउनु सरकारको मुख्य कर्तव्य भएको पनि स्मरण गराए।

अर्का अर्थविद् एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गरे। उनले नयाँ बजेटले जनतामा उत्साह छाउनुपर्ने धारणा पनि राखे।

अर्थविद्हरुले जनताको चाहना अनुसार सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको दावी समेत गर्दै आएका छन्।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्