जेठ ३ देखि अन्तरार्ष्ट्रिय जेम एण्ड ज्वलेरी एक्स्पो

काठमाडौं-अन्तरार्ष्ट्रिय जेम एण्ड ज्वलेरी एक्स्पो जेठ ३ देखि ५ गतेसम्म सञ्‍चालन हुने भएको छ। लैनचोरस्थित खानी तथा भूगर्भ परिसरमा हुनेछ।

खानी तथा भूगर्भ र नेपाल सुनचाँदी रत्‍न तथा आभुषण महासंघले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी जानकारी  दिएको हो।

‘एक्स्पोमा देश तथा विदेशका सुनचाँदी व्यवसायीहरुको सहभागिता रहने छन् भने  एक्स्पोमा ६० वटा स्टलहरु रहनेछन्, ‘  नेपाल सुनचँदी रत्न तथा आभुषण महासंघका अभ्यक्ष रमेश महर्जनले भने।

अन्र्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

यस्तै प्रधानमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल, उद्योसचिव यम कुमारी खतिवडा, महानिर्देशक डा. सोम नाथ सापकोटा र भारतका जेम एण्ड ज्वलरी एक्स्पोर्ट प्रमोशन काउन्सीलका अध्यक्ष प्रमोद कुमार अग्रवालले सम्बोधन गर्ने भएका छन्।

जेठ ४ र ५ गते नेपाली उद्यमी व्यवसायी र विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिमण्डल बिच व्यापारिक तथा म्याच–मेकिङ् (बिटुबी )बैठकहरुको आयोजना गरिने अध्यक्ष महर्जनले बताए। यसका साथै भारतस्थित जीआइए ले रत्न पत्थर सम्बन्धि दुई दिने सेमिनार संचालन गर्नेछ।

यस्तै ललितपुर झम्सिखेलस्थित हेरिटेज गार्डेनमा ज्वेलरी फेशन शो पनि हुने अध्यक्ष महर्जनले भने। सो फेशन शोमा मिस नेपाल २०१९ का सम्पूर्ण प्रतिशप्रधिहरुको सहभागिता रहने छ।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्