नेपाल–भारत फ्रेन्चाइज एक्स्पो सुरु (फोटो फिचर)

काठमाडौँ– बुधबारदेखि काठमाडौँ नेपाल–भारत फ्रेन्चाइज एक्स्पो सुरु भएको छ।

बिहीबारसम्म चल्ने एक्स्पोमा नेपाल र भारत दुवै देशमा पाइने लोकप्रिय ब्राण्डहरुलाई प्रदर्शनीका रुपमा राखिएको छ।

विज्ञापन

दुई देशबीच व्यापार अभिवृद्धि गर्न भारतीय दूतावासको सहयोगमा एक्स्पो आयोजना गरिएको हो। एक्स्पोमा दुई दर्जनभन्दा बढी स्टलहरु राखिएका छन्। बुधबार दुई देशबीच व्यापारको संभावनाबारे पाँचवटा सेसन भएका छन्।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्स्पोमा सम्बोधन गर्ने कार्यक्रम हरेको आयोजकले जनाएको छ।

dav

 

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्