भियतनाम र कम्बोडियाको भ्रमण पूरा प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन्।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर बुधबार साँझ उनी स्वदेश फर्किएका हुन्।

विज्ञापन

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो। उनका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किए।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए। रासस

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्