चर्चित उपन्यास ‘योगमाया’ अब नाटकमा, मुख्‍य भूमिकामा मिथिला शर्मा

काठमाडौं- मदन पुरस्कार विजेता एवं लेखिका निलम कार्की ‘निहारिका’को चर्चित उपन्‍यास ‘योगमाया’  अब नाटकमा मञ्चन हुने भएको छ।

नेपाली समाजको कूरीतिलाई जनस्तरमा आफ्नो कथा, कविता र साहित्‍यको माध्‍यमबाट जनस्तरमा पस्किने उपन्यासलाई नाटकमा जेठ २४ गेतदेखि शिल्पी थिएटरमा मञ्चन हुने भएको हो।

विज्ञापन

नाट्यकर्मी टंक चौलागाईंको नाट्य परिमार्जन र निर्देशनमा तयार भइरहेको योगमायाकी लेखिका निलम निहारिकाले बताइन्। नाटकलाई प्रकेश सिन्धुलीयले सहनिर्देशन र सुरज तमुले कोरियोग्राफी गरेका छन्।

विद्रोही नारी ‘योगमाया’को भूमिकामा चर्चित कलाकार मिथिला शर्मा देखिएकी छिन्। यस्तै उनलाई सहायक भूमिकामा राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रल्हाद खरेल, श्याम खड्का, प्रकेश सिन्धुलीय, राज न्यौपाने, सुरज तमु, दीपिका ढकाल, सुमन कुइँकेल, सरस्वती अधिकारी, सगुन पोखरेल, आकांक्षा जिसी, पुष्पराज अवस्थी लगायतका अनुभवी रंगकर्मीले साथ दिँदैछन्।

यस्तै सुवास तिमल्सिना, सुमित तामाङ, सुरेन्द्र क्षेत्री, विशाल देवकोटा, कृष्णगोपाल कक्षपति, प्रसन्न हुमागाईं, संयोग दाहालका साथमा स्कुल थिएटर नेपालका लालाबालाकक्षाका बालकलाकार काव्य बराल, आकार थापा, क्विन्चम जोशी, अद्वैत थापा र शुभेच्छा तिमल्सिना उक्त नाटकमा देखिनेछन्।

साङ्ग्रिला फाउन्डेसन र थिएटर नेपालको संयुक्त प्रस्तुतिमा योगमायालाई तयार पारिएको हो।

तत्कालिन राणा शासनको विरुद्धमा पटक पटक विद्रोही आवाजसहित आन्दोलनमा उत्रिदाँ पनि श्री ३ चन्द्रशमसेरबाट धर्मराज्य स्थापना गर्ने वचनको पूरा नगरेपछि विस १९९८ असार २२ गते अरुण नदीमा जल समाधि लिएकी थिइन्।

जेष्ठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू