कालोपुलमा २० वर्षीया युवतीमाथि एसिड प्रहार

सांकेतिक तस्बिर

काठमाडौं-काठमाडौँको कालोपुलमा एक युवतीमाथि बुधबार साँझ एसिड प्रहार भएको छ।

ती २० वर्षीया युवतीमाथि  उनका पतिले एसिड प्रहार गरेको जानकारी प्रहरीले दिएको छ।

घटनामा संलग्‍न विष्णु भुजेललाई प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

काभ्रे दाप्चाका भुजेलले ती युवतीसँग दोस्रो विवाह गरेको प्रहरीले जानकारी दियो। भुजेललाई घटनाको केही घण्टामै काँडाघारीबाट पक्राउ गरिएको हो।

प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार उनको गाला, छातीलगायतका अंग जलेका छन् ।  ती युवतीलाई उपचारका लागि चाबहिलस्थित ओम हस्पिटल लगिएको पनि प्रहरीले जानकारी दिएको छ।

उनको अवस्था खतरापूर्ण रहेको पनि प्रहरीले जानकारी दिएको छ।

जेठ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्