मेघ गर्जनसहित पानी पर्ने सम्भावना, हावाहुरी पनि चल्न सक्छ

फाइल तस्बिर

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वका अधिकांश क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा भने मौसम सफा हुनेछ ।

अपराहन्नतिर पूर्वका केही तथा मध्य र पश्चिमका थोरै पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना पनि छ । बेलुकातिर हावाहुरी पनि चल्न सक्ने भएकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।

जेठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्