६ महिनादेखि बन्द कोठामा साढे चार किलो चरेश

फाइल तस्बिर

नेपागलञ्ज – नेपालगञ्जमा लामो समयदेखि बन्द रहेको कोठा खोल्दा चरेश फेला परेको छ । बसपार्क पछाडि रहेको एक घरमा भाडामा बसेका व्यक्ति ६ महिनादेखि सम्पर्कमा नआएपछि कोठा खाली गरिएको थियो । कोठा खोल्दा साढे चार किलो चरेश बरामद भएको हो । रोल्पाकी रेखा पुन नाम गरेकी महिलाले कोठा भाडामा लिएकी थिइन् ।

घर मालिकले प्रहरीको रोहबरमा कोठा खाली गराएका थिए । ‘६७ महिनादेखि कोठा बन्द थियो । भाडामा बस्ने मान्छे पनि सम्पर्कमा आएनन् । घर मालिकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर प्रहरीको रोहबरमा कोठा खाली गर्दा साढे चार किलो चरेश फेला परेको छ’, बाँके प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले भने ।

५ नम्बर प्रदेश र कर्णाली प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने चरेशको बजार नेपालगञ्ज र भारतीय शहर नै हुन् । नेपालगञ्जमा चरेश ‘जम्मा पारेर पायक पर्दा भारततिर सप्लाई’ गर्ने गरेको पाइन्छ ।

पहाडी जिल्लाका महिलालाई नेपालगञ्ज नाकाबाट चरेश पास गराउन प्रयोग गर्ने गरिन्छ । केही पैसाका लागि महिलाहरु चरेश बोक्न तयार हुँदा भारतको जेलमा पुगेकाको संख्या बढ्दो रहेको छ ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू