दीपशिखालाई युवाको नेतृत्व दिन प्रधानमन्त्रीले मानेनन्

प्रचण्डका साथमा दीपशिखा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा जनवर्गीय संगठनको नेतृत्व दीपशिखाका रुपमा परिचित रामप्रसाद सापकोटा दिने तयारी भए पनि त्यसबारे शीर्ष तहमा मतभेद भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादीको युवा संगठन वाईसिएलका अध्यक्ष दीपशिखाको नाम सिफारिस गरे पनि प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले त्यसमा आपत्ति जनाएका छन् ।

तत्कालीन एमालेको युवा संघ र माओवादीको वाईसिएलको समायोजित रुपका रुपमा नेकपाको युवा संघठनको नेतृत्व दीपशिखालाई दिने तयारी भएको हो ।

तर उनले राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावलीका लिएर सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई प्रधानमन्त्री ओलीले दीपशिखालाई पार्टीका युवा संगठनको नेताका रुपमा स्वीकार गर्न नसकिने तर्कका रुपमा प्रस्ततु गरेका छन् ।

ओलीले दीपशिखाले सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई उनी विरुद्ध प्रयोग गरेका हुन् ।

यसअघि बुधबार युवा संघको स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा दीपशिखाले सरकारको आलोचना गरेका थिए । उनले वर्तमान सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको तथा हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको आरोप लगाएका थिए ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू