वीरगञ्जबाट १५० बोरा अवैध केराउ बरामद

वीरगञ्ज – पर्सा प्रहरीले ठूलो परिमाणमा रहेको अवैध केराउ बरामद गरेको छ । प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा १ सय ५० बोरा अवैध केराउ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वाबाट उक्त परिमाणको अवैध केराउ बरामद गरेको हो ।

प्रहरीले ना. ६. ख. ८००२ नम्बरको पिकअप गाडीमा लोड गरि लैजाँदै गरेको केराउ बरामद गरेको हो । बरामद गरिएको केराउ ३ हजार ७ सय ४० किलो रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको मटरसहित गाडीलाई आवशयक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

यसअघि गएको वैशाख ३० गते १ सय ६ बोरा र २९ गते १ सय २५ बोरा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अवैध मटर बरामद गरेको थियो ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू