गोक्यो तालमा डुबेको नौ महिनापछि बालकको शव रोबोटबाट निकालियो

सोलुखुम्बु-सोलुखुम्बुको गोक्यो तालमा डुबेर नौ महिना अगाडि बेपत्ता भएका बालक शुनिल बराइलीको शव रोबर्टको सहायताबाट निकालिएको छ।

बराइलीको शव रोबर्टको सहायताबाट गोताखोरहरुले निकालेका हुन। चिसो हावाको कुनै पर्वाह नगरी निरन्तरको प्रयासपछि शव भेटिएको थियो।

अमेरिकाबाट ल्याएको प्रविधि जडान गरेर उद्धारकर्ताहरु निरन्तर रुपमा खटेएका थिए। करिब ३५ फिट गहिराइमा पुगेर रोबर्टले शव पहिचान गरेर
निकालिएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।

भेटिएको शव परिवारलाई समेत पहिचान गर्न कठिन भएको छ। यस्तै गोताखोरको टोलीले एक जना विद्यार्थी शव निकाले पनि अर्को विद्यार्थीको शव भने भेटाएको छैन।

उनको पनि शव खोजी गर्न लागेको बिषयमा इलाका प्रहरी कार्यालय नाम्चे र प्रहरी चौकी खुम्जुङले जनाएको छ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्