गाँजासहित एक भारतीय पक्राउ

साङ्केतिक तस्बिर

वीरगञ्‍ज-पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना भारतीयलाई पक्राउ गरेको छ।

प्रहरीले भारत बिहारको पश्‍चिम चम्पारण भागाह बस्ने सुखराम महतो नुनियालाई बिहीबार बिहान गाँजासहित पक्राउ गरेको हो।

प्रहरी चौकी महादेवपट्टिबाट खटिएको प्रहरी टाेलीले नुनियालाई पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ स्थित ओरिया खोला किनारामा चेकजाँच गर्ने क्रममा सात किलो गाँजा सहित पक्राउ गरेको हो।

उनलाई नेपालबाट भारततर्फ जाँदै गरेको बिआर २२ एम २३७९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

गाँजासहित पक्राउ परेका नुनियालाई इलाका प्रहरी कार्यालय, पटेर्वा सगौलीमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू