तराइमा लैंगिक विभेदविरुद्धको अभियान

विवाहपछि पहिलोपटक श्रीमानको नाम

दाङ-दुखना खातुन ६५ वर्षको भइन्। उनको च्यानुन मुस्लिमसँग सानै उमेरमा बिवाह भयो। विबाह हुदा एक अर्का संग राम्रो चिनजाननै थिएन। विवाह भएदेखि दुखनाले श्रीमानलाई नामले बोलएकी छैनिन्।

‘श्रीमानको नाम अहिले सम्म लिएको छैन’दुखना खातुनले भनिन्–‘हामीलाई श्रीमानको नाम लिनु हुदैन भनेर सिकाए।अहिलेसम्म नाम लिएर बोलाएको छैन ।’ दुखनाले विवाह भएको ५० बर्ष पछि पहिलोपटक श्रीमान्‌को नाम लिएकी छिन्।

मधेसी समुदायमा श्रीमान श्रीमतीसँगै हिड्न, बोल्न समेत हिचकिचाउने गर्छन्। महिला घरधन्दा, चुलो चौकोमा सिमित हुने तर, पुरुष घर बाहिर हुने । तर, बिहिवार खड्गबहादुर यादव आफ्नी श्रीमती सृजना संगै पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन विद्यालय पुगे।

‘यो त पहिलोपटक नै हो हामी श्रीमान श्रीमती यसरी कार्यक्रममा आएको। कसैले खबर गर्दैनन्, बोलाउदैन कसरी आउने’खड्गबहादुरले भने-‘म भरी गाउँको बैठकमा जान्थ्ये तर, श्रीमती घर धन्दामै हुन्थिन।’

दाङ राजपुर गाउँपालिकाभित्र वसोबास गर्ने यादव समुदायका अधिकांस महिलाहरु अवसर नपाएर घर भित्रकै काममा सिमित हुन पुगेका हुन्। सानो छदा बाबू–आमाले विद्यालय नपठाएको र अहिले नाम समेत लेख्न समेत नसक्ने छन्।

लैंगिक असमानताको कारण महिलाहरु अवसरबाट बञ्चित भएका हुन्। यसरी अवसरबाट बञ्चित भएका यादव समुदायका नाजरिकलाइ जोडी मार्फत सचेत पार्न थालिएको छ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत सामाजिक संरक्षण अन्तरगत लैंगिक हिंसा विरुद्ध सचेतना मुलक कार्यक्रम थालिएको हो । यादव समुदायका श्रीमान श्रीमतीलाई संगै राखेर सचेत पार्न थालिएको छ।

‘श्रीमान–श्रीमती संगै हिड्डुल गर्न, कार्यक्रममा संगै बस्न नहुने, श्रीमानको नाम लिन नहुने जस्ता संकुचित सोंचहरू रहेको पायौं’सहजकर्ता सुस्मा गिरीले भनिन्–‘यी साना उदाहरण हुन तर, समुदायमा ठूलो सामाजिक समस्याको रुपमा रहेको छ।

यस्ता समस्यहरु हटाउन श्रीमान–श्रीमती जोडी बनेर संगै कार्यक्रममा बस्ने, श्रीमानले श्रीमतीको श्रीमतीले श्रीमानको नाम लिएर परिचय दिदै अभियानको शुरुवात गर्‍यौं।’

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति राजपुर गाउँपालिकाको आयोजनामा अभियान सञ्चालन गरिएको छ।

राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले महिला पुरुष बिचको लैंगिक विभेदको अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

राजपुर गाउँपालिका उपाध्यक्ष धनपती यादवले यादव समुदाय भित्रका महिला हरेक क्षेत्रमा पछाडि रहेको भन्दै समान अवसरको आवश्यकता रहेको बताइन्। मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति राजपुर गाउँपालिकाकी सदस्य सीता यादवको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण समितिका सदस्य भिम ओलीले गरे।

कार्यक्रमको वारेमा जानकारी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता श्रीराज भण्डारीले दिए। कार्यक्रमको प्रशिक्षकमा सामाजिक अभियान्ता सुस्मा गिरी र शुसीला पौडेल रहकी छिन्।

सामाजिक तथा आर्थिक रुपमा पछाडि परेको समुदायमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागु गरिएको हो। प्रदेश ५ को १२ जिल्लाको ३५ पालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएको छ। ३५ गाउँपालिकामा १६ करोड ६५ लाखको बजेट छ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू