खानेकुराबाट २५० किसिमको रोग

मोरङ- खानेकुराबाट लगभग २५० किसिमको रोग लाग्ने सरोकारवालाहरुले बताएका छन्। बिहीबार ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा सरोकारवाहरुले सो कुरा बताएका हुन।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण, मोरङका प्रमुख प्रमोद कोइरालाले रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘खानेकुराको अस्वच्छताले बढी रोग लाग्ने, शिशु, वृद्ध र गर्भवती, खाद्य व्यापार आयात एवं निर्यात तथा पर्यटन क्षेत्रमा असर गर्ने, स्वास्थ्य रक्षासम्बन्धी खर्च बढाउँछ। त्‍यसकारण खाद्यमा हुने अस्वच्छता हटाउन सरोकार पक्षलाई अभिप्रेरित गराउनु आजको आवश्‍यकता हो।’

उनका अनुसार कार्यालयले अस्वच्छताले सबैभन्दा बढी बालबालिका र वृद्धामा रोग लाग्ने गरेको भन्दै नियमित रुपमा काम गर्दै आएको छ। साथै खाद्य पदार्थलाई स्वच्छ बनाउन उत्पादक, वितरक, उद्यमी, निर्यातकर्तासमेतलाई सचेतना तालिम दिइएको छ।

गत वर्ष यसै सम्बन्धमा ८७ र यस वर्ष अहिलेसम्मका अवधिमा २७ मुद्दा दर्ता भएको बताइएको छ।

जेठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्