विकास समितिले गर्‍यो तीनकुने पुलको निरीक्षण

काठमाडौँ-संसदको विकास तथा प्रविधि समितिले काठमाडौँको तीनकुनेस्थित बागमती खोलामा अलपत्र परेको पुलको स्थलगत निरीक्षण गरेको छ।

गत वर्ष असार मसान्तमै निर्माण सक्नुपर्ने पुल अझै नसकिएको भन्दै समितिले बिहीबार स्थगलगत अनुगमन गरेको हो ।

पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको पुल समयमै नबन्दा तीनकुने बानेश्वर क्षेत्रमा लामो समयदेखि जाम हुँदै आएको छ । पप्पुले २१ करोड रुपैयाँमा ठेक्का पाएको छ।

समयमै काम सम्पन्‍न नभएपछि निर्माण सक्ने समय २०७७ असार मसान्तसम्म पुर्‍याइएको छ ।

निरिक्षणका क्रममा ठेकेदार कम्पनी र सडक विभागको समेत कमजोरी देखिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्।

निर्माण अवस्थाबारे समितिले प्रतिवेदन तयार पारेर सम्बन्धित निकायलाई निर्देशन दिने सभापति खड्काले बताइन् ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्