रुपन्देहीमा गोली चल्यो, एक जनाको मृत्यु

फाइल फोटो

बुटवल- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १० शंकरपुर नाकामा गोली चलेको छ।

भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारतिय नागरिक धिरज धोविलाई पक्राउ गरी नेपाल ल्याउने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो।

सादा पोशाकका प्रहरीमाथि स्थानियले आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

भारतको महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका ५० बर्षिय धीरज धोवीले मेड ईन युएसए लेखिएको अटोमेटिक पेस्तोल नेपाल ल्याउदै गर्दा प्रहरीले बोर्डर क्षेत्रबाट नेपाल ल्याउदै गर्दा स्थानियसंग हार गुहार गर्दा स्थानियले प्रहरी माथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ।

‘प्रहरीले पक्राउ गरी ल्याएका हतियारधारी व्यक्तिले गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए’, रुपन्देहीका डीएसपी धर्मराज भण्डारीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।’

प्रहरीले चलाएको गोली लागेर महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका दिलिप धोविको उपचारका क्रममा मृत्यु भएको छ । उनको पेटमा गोली लागेको थियो।

घाईते धोविको महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको भारतिया प्रहरीले जनाएको छ। स्रोतका अनुसार घाइते पक्राउ परेका धोबीका भतिज दिलिप हुन्।

प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ । आक्रमणमा ३ जना प्रहरी घाइते भएको छन् ।

जेष्ठ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू