आजको मौसम: बदली र वर्षा कहाँ कहाँ?

फाइल फोटो

काठमाडौँ – देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेपनि बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हतिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै शुक्रबार राति पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने देखिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

जेष्ठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू