मदन आश्रित स्मृति दिवस तथा नेकपा पार्टी एकताको वर्ष

मार्गनिर्देशक सिद्धान्त अनिश्चित, आ—आफ्ना व्याख्या बढ्दै

मार्गनिर्देशक सिद्धान्त अनिश्चित, आ—आफ्ना व्याख्या बढ्दै

काठमाडौँ— सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशनको मिति अनिश्चित रहँदा उसको मार्गनिर्देशक सिद्धान्त पनि अनिश्चित बन्न पुगेको छ। र, त्यसका कारण आफ्नो दलीय पृष्ठभूमि अनुसार नेताहरुले फरक-फरक रुपमा व्याख्या गर्न थालेका छन् पछिल्लो समय।

बल्खुमा मदन आश्रित स्मृति दिवस तथा नेकपा पार्टी एकताको वर्षको अवसरमा आयोजित कार्यक्रममा त्यसकै छनक देखियो जहाँ मदन भण्डारीप्रति पूर्व महाओवादीका अध्यक्ष र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्यतिकै श्रद्धापूर्वक स्मरण गरेपनि भण्डारीको विचारलाई विकसित गर्ने कि दोहोर्‍याउने भन्ने प्रश्न गरेका थिए।

प्रचण्डले लक्षित गरेको मदन भण्डारीको विचार जनताको बहुदलीय जनवाद (जबज)’ थियो। तर त्यसक्रममा उनले जबजको विकसित रुपमै माओवादीले अंगिकार गरेको जनवाद हो या हैन भन्ने स्पष्ट पारेनन्।

प्रचण्डले मदन भण्डारीले माक्र्सवादलाई कुनै सुत्र ‘डग्मा’ या प्राग्माकोे रुपमा होइन बरु जीवन र जगतको भलाईका निम्ति, ठोष परिस्थितिको ठोष विश्लेषणको निम्ति विचारलाई पनि नयाँ—नयाँ बनाउने आँट गर्ने, रणनीतिलाई पनि नयाँ—नयाँ बनाएर बनाउने आँट गर्ने र जनतासँग जोडिएर माक्र्सवाद र विज्ञानलाई विकास गर्ने चुनौति स्वीकार गरेको बताए ।

उनले थपे,‘ यदि कसैले बनीबनाउ सुत्र मात्रै रटिरहेको भए, विश्वका क्रान्तिका अनुभवलाई मात्रै आत्मरती या दोहोराइरहेको भए अनि तिनीहरुमा मात्रै आनन्द लिने बानी परेको भए मदन भण्डारी मदन भण्डारी बन्न संभव थिएन।

प्रचण्डले मदन भण्डारीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको धक्का लागेका बेला त्यसलाई काउन्टर गर्न आफूलाई डग्मा भन्दा फरक ढंगबाट प्रस्तुत भएको बताए । जनतामा संक्रिणतामा टाँसिएर पुरानै कुरा दोहोराइराख्ने नेपालको कम्युनिष्ट आन्दोलनमा पनि एउटा रोग लागेको र त्यो सफल नहुने उनले दाबी गरे।

‘हामीले मदन भण्डारीले जे जे कुरा भन्नु भयो त्यही त्यही कुरा दोहोराइराख्ने होकी ? उहाँले विकास गरेका राजनीतिक विचार र रणनीतिमा टेकेर त्यो भन्दा अझै अगाडि जाने ? आजको देश र विदेसको परिस्थितिलाई ठिक ढंगले मुल्यांकन गरेर ठोष बस्तुतको ठोष विश्लेषण गरेर माक्र्सवादको जिवित आत्मा भन्ने गरिन्छ ,’ उनले भने ।

मदन भण्डारीले विकसित गरेका विचारलाई अझ परिमार्जन गरी नयाँ ढंगबाट अघि बढे मात्रै नेपालका कम्युनिष्ट आन्दोलन सफल हुने प्रचण्डको भनाई छ ।

‘अहिलेका चुनौति सामना गर्न सक्ने गरी विचारलाई अघि बढाउने कि जे कुरा भण्डारीले गर्नु भएन हामीले त्यसै गर्ने? पुराना कुरा मात्रै दोहोराएर उहाँ बस्नु भएन। छोटो समयमा आँधीहुरी ल्याउन सफल हुनु भयो,’ उनले भने।

त्यसपछि फेरि उनले प्रश्न गरे,’ पुरानो कुरा दोहोराउने वातावरण रोज्ने की मदन भण्डारीले जस्तै नयाँ परिस्थितिको समाना गर्ने गरी विचार परिमार्जनको आँट गर्ने?’  उनले फरक फरक धार र फरक-फरक प्रयोगबाट नयाँ काम गर्ने प्रयास आफूहरुले गरेको बताए।

उनले भने, ‘ साविक एमालेको जबज या माओवादीको विकसित भएको २१ सौँ सताब्दीमा विकास भएको जनवाद र जनयुद्धका अनुभवहरुबाट शिक्षा लिएर राजतन्त्रबाट गणतन्त्रमा , एकतात्मक राज्यबाट संघीयतामा, धर्मनिरपक्षेताबाट धर्मसापक्षेताको ठाउँमा आएका छौ।’

ओलीले पनि प्रचण्डलाई खण्डन नगरी मदनको भण्डारीको विचार अर्थात जबज उत्कृष्ट भएको दाबी गरेपनि त्यसलाई सुत्रको रुपमा ‘ डग्मा ’ को रुपमा घोक्न नहुने बताए।

उनले भने,‘ यसअघि प्रचण्डले भने जस्तै मदन भण्डारीका विचारलाई सुत्रका रुपमा घोक्ने होइन । हिजो मदन भण्डारीले जे भन्नु भयो त्यहीले मात्रै काम चल्छ भन्ने होइन। समायोनकुलरुपमा यसको सिर्जनात्मक प्रयोग गर्नु पर्छ । तर मदन भण्डारीले अघि सारेको विचारको धाराबाट पछि भने हट्न नमिल्ने ओलीको भनाई थियो ।

दुनियाँका राजनीतिक प्रणालीहरुको आलोचना गर्न आफूलाई मन नभएको भन्दै बहुलदलीय प्रतिश्पर्धात्मक राजनीतिक प्रणाली मात्रैलाई समातेर मात्रै अघि बढ्यो भने विकृति ल्याउने भएकाले त्यो भन्दा पनि विकसित र विस्तृत प्रणाली नेपालमा अपनाउन आवश्यक रहेको बताए।

पार्टी एकता हुनु पहिले दुई वर्षभित्र महाधिवेशन गर्ने र त्यसले त्यसको छिनोफानो लगाउने सहमति भएको र त्यसका लागि अझै केही समय रहेपनि सत्तामा अत्याधिक बहुमतका साथ रहेको पार्टीको स्पष्ट सिद्धान्त परिभासित नहुँदा त्यसले राजनीतिमा सैद्धान्तकि रिक्तता पैदा गरेको त होइन भन्ने आशंका उव्जिएको छ ।

राष्ट्रिय एकता हुन नदिने अनेक षड्यन्त्र


एक अर्का प्रसंगमा ओलीले सहजै पराजय अस्वीकार गर्नेहरुले जनताको सफलता देख्न नरुचाएको आरोप लगाए । सहज स्थितिलाई भत्काउने काममा लाग्ने गरेको उनको भनाई छ ।

सरकार जनता, देश, राष्ट्रियता, सामाजिक न्याय र समानताको पक्षमा उभिएको उनले बताए। उनले खान र लाउन पाएनौँ भन्ने अवस्था नआउने दाबी गरे। सय दिनको रोजगारी दिन नसके आधा दिनको भत्ता दिने योजना आफूहरुले बनाएको उनको भनाई छ ।

बालुवाटारको जग्गा प्रकरणबारे आफूहरुले छानविन गरेको तर आरोप भने आफूहरुमाथि लागेको उनको भनाई छ । यस्तै सुनकाण्डविरुद्ध आफूहरु उत्रिएकाे भए पनि आरोप भने आफूहरुलाई नै लागेको उनले बताए। भ्रष्टाचार नियन्त्रणमा जुट्ने आफूहरुमाथि नै भ्रष्टचारको आरोप लाग्नु गलत भएको उनको भनाई छ ।

नेपाली समाजलाई घृणामा ल्याउने, पारस्परिक द्वन्द्व फैलाउने, राष्ट्रिय एकता हुन नदिने अनेक षडेयन्त्र भएको उनको भनाई छ । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आलोचना गर्ने ठाउँ नपाएर मेरो सरकारको शव्द निकालेर विवादमा पार्न खोजेको उनले बताए ।

उनले भने,‘ संसारका सबै देशमा राष्ट्रपतिले जसको सरकार भएपनि मेरो सरकार भन्छन्। यहाँ मात्रै स्यालहुँयाँ मच्चाइयो । असान्दर्भिक कुरा उठाएर जनतालाई भ्रममा पार्ने काम भएको छ।’

नेपाली कांग्रेसले आफूलाई जेठाे पार्टी भन्ने गरेपनि लोकतन्त्रको मर्म नबुझेको र राष्ट्रपतिको नभई गणतन्त्रात्मक संस्थाको विरोध गरेको उनको भनाई छ ।

भ्रष्टाचारका सन्दर्भ पनि उनले कोट्याए । उनले भने,‘ कोही मुख छोड्नेहरु कहिले कहिले देखि आएका छन्। म चुनौतिका साथ भन्छु म भ्रष्टाचार गर्दिन र गर्न दिन्न ।’ अहिले सफलताको आधार मात्रै तयार गरेको र आफ्नो पार्टीलाई नमुना पार्टीको रुपमा विकसित गर्नु पर्ने उनको भनाई थियो।

उनले भने,‘ पार्टीमा साना केही केही कुरा मिलेका छैनन् । अनुशासित हुनुपर्छ । आक्रोशमा सार्वजनिकरुपमा अवाञ्छनीय अभिव्यक्ति दिनु हुन्न ।’

उनले लोकतन्त्र र अराजकता एउटै चिज नभएपनि अराजकतालाई लोकतन्त्रको परिभाषाभित्र राख्न खोज्ने प्रयास भइहरेको बताए । तर आफ्नो पार्टीले लोकतन्त्रको मुल्यमान्यतालाई तलमाथि नगर्ने उनले बताए ।

उनले भने,’ अनेक प्रकारका निराशा फैलाउने कोशिस भएका छन्। कम्युनिष्टले निराश मान्नु हुन्न । आत्मविश्वास र उत्साहका साथ आन्दोलनलाई अघि बढ्ने हो । तीन तहका सरकारमा कही कतै कमीकमजोरी सच्चाउनु पर्छ । कही कतै भ्रष्टचार भएमा त्यसलाई अस्वीकार गरिन्छ ।’

पार्टी एकताका सन्दर्भमा ओलीले पार्टी एकतालाई अन्तिमरुपमा पुर्याएकोमा गर्व गर्नु पर्ने बताए ।

उनले भने,‘ यतिबेला चित्त सानो पार्ने होइन, यतिबेला मन दुखाउने होइन । फराकिलो मनका साथ एकताको भावनालाई ध्यानमा राख्नु पर्छ।’ उनले दुई पार्टीलाई अन्तरघुलित गर्दै गएको र त्यसलाई बुझेर सबैले नेतृत्व गर्नु पर्ने सुझाव समेत उनले दिए।

उनले भने, ‘ अरु संगठनको एकतालाई छिटो गर्नुहोस । केही काम बाँकी छन् । विभिन्न निकाय र कमिटि गठन हुन बाँकी छ । त्यसमा बिलम्ब हुने छैन।’

जेष्ठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्