मिडिया काउन्सिल विधेयकविरुद्ध प्रदर्शन

नेपालगञ्ज – बाँकेका पत्रकारले मिडिया काउन्सिल विधेयक विरुद्ध प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ, बाँके शाखाको आयोजनामा नेपालगञ्जको वीपीचोकमा जम्मा भएर पत्रकारहरुले मिडिया काउन्सिल विधेयकको विरुद्ध प्रदर्शन गरेका हुन् ।
मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएकाले फिर्ता गर्न माग गरिएको छ ।

महासंघकी केन्द्रीय सदस्य मधु शाही, शाखा अध्यक्ष ठाकुरसिंह थारु, वरिष्ठ पत्रकार पूर्णलाल चुके, वारका अध्यक्ष विकास आचार्य, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतले विधेयक फिर्ता गरी प्रेसमैत्री बनाउन आग्रह गरे ।

मिडिया काउन्सिल विधेयकका विरुद्धमा केन्द्रबाट नै विरोधका कार्यक्रमहरु बनिरहदा शाखाहरुले पनि कार्यक्रम गराएर प्रदर्शन गरेका हुन् ।

जेठ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्